करिस्मा ढकालको “रेबनको चस्मा” (भिडियो सहित)

काठमाडौं १८ साउन /  हरितालिका तिज २०७६ लाई लक्षित पारियर दिनकै दर्जनौ गीत भन्दा बढि गीत सार्वजनिक भइ रहेका छन । हुने क्रम भने एकदमै तिव्र पनि रहेको छ। यसै बिचमा सुनिल सागरको पहिलो तीज गीत “रेबनको चस्मा” सार्वजनिक भएको छ।

सुनिल सागर को शब्द सिर्जना मा रहेको सो तिज गीतमा बिष्णु सिंह र सम्पदा कार्किले आवाज दिएका छन भने गीतमा म्युजिक गायक बिष्णु सिंह कै रहेको छ।

मदन खड्काको निर्देशन मा तयार भएको सो म्युजिक भिडियोमा करिस्मा ढकाल र कमल बुढाको उत्कृष्ट नृत्य रहेको छ। बिरेन्द्र भट्टले छायांकन गरेलो भिडियो लाई अनिल रानाले सम्पादन गरेका छन।

भिडियो शिव दर्शन फिल्म प्रा.ली को युटुब च्यानल बाट सार्वजनिक गरिएको छ।

भिडियो हेर्नुहोस

https://youtu.be/VQSofl1E-gc

Loading...
प्रकाशित मिति १८ श्रावण २०७६, शनिबार ०९:०२