गायक निशान भट्टराई विवाहपछि रम्दै रमाउँदै  (हेर्नुहोस् फोटो फिचर)

 

काठमाडौं  –  गायक निशान भट्टराई विवाह बन्धनमा बाँधिएपछि सामाजिक संजाल द्वारा आभार प्रकट गरेका छन्। श्रीकृष्ण जन्माष्टमीको दिन निशान भट्टराईले काभ्रे धुलीखेलकि आफ्नी प्रेमिका प्रेमिका ऋचा न्यौपानेसँग जिल्ला अदालत काभ्रेमा कानूनी रूपमा विवाह गरेका थिए ।

विगत दुई वर्षदेखिको आफ्नो प्रेम सम्बन्धलाई जीवन साथीको रूपमा रुपान्तरण गरेका उनीहरूले आज सामाजिक संजालमा आइ समयको परिबन्ध र बाध्यताले कानुनी विवाह गर्न वाध्य भएको जानकारी दिएका छन् ।

निशान लेख्छन् ‘हृदयरत आभारी छौँ,हामीलाई यति धेरै माया र आशिर्वाद दिनुहुने सम्पूर्णप्रति”हामीले जटिल समस्यालाई नियाल्दा यस्तै प्रेमलाई यसरी सफल बनायौं । निशान भट्टराई र ऋचा न्यौपानेले नेपाल बार एशोसियसनका पूर्वअध्यक्ष एवं सर्वौच्च अदालतका अधिवक्ता रमेश हुमागाईंको रहोवरमा दर्ता विवाह गरेका थिए ।

 

­

Loading...
प्रकाशित मिति २९ श्रावण २०७७, बिहीबार ०९:१३