आजको मौसम : केही स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षा हुने

काठमाडौं, ३० साउन /आज देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मौसम पुर्वानुमान महाशाखा अनुसार आज बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका एकदुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

मौसम पुर्वानुमान महाशाखाका अनुसार मनसुनी न्युनचापीय रेखा हाल दक्षिण पश्‍चिम भेगमा नेपाल नजिक रहेका कारण गएराती देशभकार विभन्न स्थानमा वर्षा भएको हो ।

त्यस्तै आज राती देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेका कारण सर्तक रहन महाशाखाले आग्रह गरेको छ ।

Loading...
प्रकाशित मिति ३० श्रावण २०७७, शुक्रबार ०२:४१