सिन्धुपाल्चोक पहिरोमा पुरिएर ३६ जना बेपत्ता (अपडेट)

सिन्धुपाल्चोकको लिदीमा गएको पहिरोले ३६ जना पुरिएर बेपत्ता बनाएको छ । शुक्रबार बिहान सबा ६ बजे गएको पहिरोले दुई दर्जन बढी घर पुरिँदा मानिसहरू बेपत्ता भएका हुन् ।

पहिरो गएको खबर पाउना साथ उद्धारका लागि काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर पुगेको थियो । हेलिकोप्टरमा सभामुख अग्निप्रसाद सापकोटासहित पुगेका छन् ।

अहिलेसम्म उ द्धार गरेर पाँचजना घा’इतेलाई सदरमुकाम चौतारा लगिएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिएका छन् । पुरिएका मानिस कसैलाई पनि निकाल्न सकिएको छैन ।

सो ठाउँमा अहिले स्थानीय, नोपल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी उ’द्धारका लागि खटिएका छन् ।

Loading...
प्रकाशित मिति ३० श्रावण २०७७, शुक्रबार ०५:५९