विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङको कोरोनाको रिपोर्ट यस्तो आयो

काठमाडौं / नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

प्राधिकरणका एक एन्जिनियरलाई कोरोना भाइरस पोजिटिभ देखिएपछि उनको सम्पर्कमा रहेका सबैको कोरोना परिक्षण गरिएको थियो ।

एन्जिनियरलाई कोरोना भाइरस पोजिटिभ देखिएपछि उनले भेटेका कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशकहरु र निर्देशकहरु लगायतको बिहीबार पीसीआर परीक्षण गरिएको थियो ।

परीक्षणको रिर्पोट आज आएको र आफूलगायत सबैको रिपोर्ट नेगेटिभ देखिएको घिसिङले बताए ।

Loading...
प्रकाशित मिति ३० श्रावण २०७७, शुक्रबार ०६:४४