कालीकोटमा पहिरोले पुरिएर ६ जना बालबालिकाको मृत्यु

 

कालीकोट – कालिकोटको महावै गाउँपालिका वडा नं ३ नकुमा पहिरो जाँदा ६ जना बालबालिकाको मृत्यु भएको छ ।

विहिबार राती करिब १२ बजे खसेको पहिरोले वडा सदस्य राज बहादुर बिष्टको घर पुरिएको प्रदेश प्रहरी एसएसपी राजेन्द्र बास्तोलाका जानकारी दिएका छन् ।

पहिरो खसेर घर पुरिँदा वडा सदस्यका दुई छोरा,दुई छोरी र उनका दाजु डिल बहादुर बिष्टका दुई छोरी गरी छ जनाको मृत्यु भएको एसएसपी बास्तोलाले जानकारी दिएका हुन् । उहाँका अनुसार पहिराेले विष्टका १३ वर्षीय छोरा पुष्प विष्ट, ११ वर्षीय छाेरा प्रविन विष्ट,  १८ वर्षीया छाेरी सबिना विष्ट र १५ वर्षीया छाेरी आशा विष्टकाे मृत्यु भएकाे छ ।

त्यस्तै डिलबहादुर विष्टका १९ वर्षीय छोरी शान्ती विष्ट र १० वर्षीया छाेरी रेखा विष्टको पनि मृत्यु भएकाे बास्तोलाले बतउानुभयो । स्थानीय बासिन्दा जनप्रतिनिधि र प्रहरीले घटना स्थलमा पुगेपछि मृतकको श*व पहिरोबाट निकालिएको छ ।

 

Loading...
प्रकाशित मिति ३० श्रावण २०७७, शुक्रबार ०७:५०