शुक्रबार थपिए ५ सय ९४ कोरोना संक्रमित

काठमाडौं ३० साउन / नेपालमा आजपनि ठूलो सङ्ख्यामा कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टा जना ५ सय ९४  संक्रमित थपिए सँगै  मुलुकमा कुल संक्रमित  सङ्ख्या २५ हजार ५ सय ५१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ  ।

त्यस्तै कोरोना संक्रमण मुक्त भई पछिल्लो २४ घन्टामा डिस्चार्ज हुनेको सङ्ख्या २ सय ४० रहेको छ भने हालसम्म कोरोना जितेर घर फर्किनेको सङ्ख्या १७ हजार ७७  रहेको छ।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमित सङ्ख्या ह्वात्तै बढेको छ । लामोसमयको लकडाउन खुला गरेसँगै समुदायमा कोरोना फैलिन सुरु गरेको छ ।

धेरै संक्रमित भेटिएका क्षेत्रहरु सरकारले लकडाउन र सिल गर्दै आइरहेको छ ।

Loading...
प्रकाशित मिति ३० श्रावण २०७७, शुक्रबार १०:४२