प्रधानमन्त्री ओली र मोदीबीच ११ मिनेट फोनवार्ता, के के भयो कुराकानी ?

काठमाडौं । नयाँ नक्सा जारी भएपछि नेपाल भारतवीच कायम रहेको शीतयुद्धको स्थितिमा ब्रेक लागेको छ। आज भारतीय स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरेका छन्।

प्रधानमन्त्री ओलीले समकक्षी नरेन्द्र मोदीलाई फोन गरी ७४ औं स्वतन्त्रता दिवसको शुभकामना दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

फोन संवादमा पारस्परिक हितका कुरा भएको जनाइएको छ। शनिबार दिउँसो ओली र मोदीबीच ११ मिनेटसम्म फोनमा कुराकानी भएको परराष्ट्र स्रोतले बतायो। दुई देशका प्रधानमन्त्रीबीच कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्विट मार्फत समेत जानकारी दिएका छन्।

सम्माननीय प्रधानमन्त्री केपी शर्मा आेली र भारतीय समकक्षी नरेन्द्र माेदीबीच टेलिफाेन संवाद भएकाे छ ।

अन्य जानकारी परराष्ट्र मन्त्रालयबाट आउने छ ।

यसअघि प्रधानमन्त्री ओलीले आजै बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत् पनि भारतीय प्रधानमन्त्री मोदी र त्यहाँका जनतालाई बधाई तथा शुभकामना दिएका थिए।

Loading...
प्रकाशित मिति ३१ श्रावण २०७७, शनिबार ०८:५१