कोरोनाले रोक्न सकेन नेपाली नारीहरुलाई (भिडियो हेर्नुहोस् )

काठमाडौं ।  विश्वभर रहेका नेपाली महिलाहरुले शुक्रबार हरितालिका तीज मनाइरहेका छन् । कोरोनाभाइरसको महामारीकाबीच उनीहरुले आफ्नो महान पर्व तीज मनाइरहेका छन् ।

शिवालयमा पुगेर पूजाआराधना र नाचगान गरेर मनाउँदै आएको तीज यस वर्ष भने फरकशैली मनाउनु परेको छ । नेपालसहित विश्वभर कोरोनाभाइरसको महामारी छ । यसबाट जोगिन मास्क, सेनिटाइज प्रयोग र भौतिक दूरी कायमसहित स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेर महिलाहरुले तीज पर्व मनाइरहेका छन् ।

काठमाडौं उपत्यकासहित केही जिल्लाका निषेधाज्ञा जारी गरिएको छ । मुलुकभर सामूहिक रुपमा भेला भएर तीज नमनाउन आग्रह गरिएको छ । नेपालसहित विश्वका अधिकांश मुलुक सामूहिक भेला भएर कुनै पनि गतिविधि गर्न रोक लगाइएको छ ।

यही बेला सामूहिक रुपमा मनाउने नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज परेको छ । यसै बेला सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक भएको छ । जसमा नेपाली महिलाहरु भेला भएर तीज मनाइरहेका छन् ।

भौतिक दूरी कायम गर्दै पञ्जा र मास्क लगाएर उनीहरु नाचिरहेको देखिएको भिडियो कहाँको हो भन्ने खुलेको छैन । तर, उनीहरु नेपाली महिला हुन् र नेपाली तीज गीतमै नाचिरहेका छन् । सामाजिक दूरी कायम गर्दै मास्क र पञ्जा लगाएर तीज गीतमा सामूहिक रुपमा नाचगान गरेकाे भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

भिडियो हेर्न यहाँ थिच्नुहोस ।

Loading...
प्रकाशित मिति ५ भाद्र २०७७, शुक्रबार ०८:२४