कालिकोट पुगेर राहत बाढ्दै पल शाह ( तस्बिर सहित )

काठमाडौं ०६ भदौ / चलचित्र र म्युजिक भिडियोमा व्यस्त मोडल तथा नायक पल शाह पछिल्लो समय सामाजिक कार्यमा पनि सक्रिय छन् ।

कोरोना भाइरसबाट बच्न लामो समय लकडाउन गरेपछि समस्यामा परेका चलचित्र प्राविधिक टिमलाई पल शाहले ५ लाख बराबरको राहत सामाग्री सहयोग गरेका थिए ।

कोरोना संक्रमित सङ्ख्या घट्दै जान थालेपछि सरकारले लकडाउन खुलेको घोषणा गरेपछि पल शाहले दर्जन भन्दा बढी म्युजिक भिडियोमा काम पनि गर्न भ्याए ।

तर, फेरि संक्रमित ह्वात्तै बढ्न थालेपछि पल शाहले केही समयको लागि म्युजिक भिडियो नगर्ने घोषणा गरे सामाजिक काममा लागेका छन् । उनी अहिले बाढी पहिरो पीडितलाई सहयोग गर्न राहत सामाग्री बोकेर कालिकोट पुगेका छन् ।

हामीले आज कालिकोटको नरहरिनाथ गाउपालिकामा आपतमा पर्नु भएकोहरुलाई पहिलो चरणको सहयोग गरेका छौ र बाकी दोश्रो चरणको काम भोली बिहान हुँदैछ, त्यसै गरी सुर्खेतमा रहेको ” मोटे Gang ” र “हाम्रो टिम नेपाल”का बिमल पन्त जि लाई पनि बिषेश धन्यबाद !!  हाम्रो हातमा हातेमालो गरिदिनु भएकोमा साथै दु:खमा परेका नेपालीलाई सहयोगको हात बढाउन पाउदा हामी “पल शाह प्रतिष्ठान” र “हाम्रो टिम नेपाल” खुशीको अनुभुती गरेका छौ  ।

Loading...
प्रकाशित मिति ६ भाद्र २०७७, शनिबार १५:५१