काठमाडौं १९ साउन / आइतबार पूर्वयुवराज्ञी हिमानी शाहले पत्रकार सम्मेलन आयोजना गर्दैछिन् । आज दिउँसो बालुवाटारस्थित हिमानी ट्रष्टको कार्यालयमा पूर्वयुवराज्ञी शाहले पत्रकार सम्मेलन गर्न लागेकी हुन् ।
उनी पहिलो पल्ट पत्रकारमाझ उपस्थित हुन लागेकी हुन् ।
उनले राजनीतिक वा देशको विषयमा नभई ट्रष्टको कामको बारेमा जानकारी दिने बताइएको छ ।
हिमानी ट्रष्टकी अध्यक्ष समेत रहेकी उनले सामाजिक कामको तयारी, गरेका कामको विषयमा जानकारी गराउने उनी निकट स्रोतले जनाएको छ ।
अन्य समाचार
- यसकारण फुलन्देकी आमा विमानस्थलबाटै नेपाल फर्किन पर्यो
साउन १९ काठमाडौं पछिल्लो समय निकै चर्चा कमाउन सफल हास्यकलाकार उमेश राई फुलन्देकी आमा साउन १६ गते रोधी साँझ कार्यक्रमको लागि जापान उडेका थिए। तर उनलाई जापानको विमानस्थलबाटै नेपाल फर्काइएको छ।
तमु धिं जापानको रजत महोत्सवको अवसर पारेर आयोजना गरिएको २३ औ रोधी साँझ कार्यक्रमको लागि उमेश राई र लोकगायिका सबिना गुरुङ एकसाथ बिहिबार जापान उडेका थिए। विमानस्थलबाट बाहिरिने क्रममा भएको चेकजाँचमा प्राविधिक त्रुटि भएको भन्दै उनीहरु दुवैलाई प्रवेशाज्ञा नदिएको बताएको छ।
तमु धिं जापानले एक विज्ञप्ति प्रकाशित गरी यस कुराको जानकारी गराएको हो। कलाकारद्वय फर्कनु परेकोमा दुःख व्यक्त गर्दै आयोजक संस्था तमु धिंले कार्यक्रम पहिले तोकिएको समय र स्थानमै हुने जानकारी गराएको छ।