पूर्वराजा ज्ञानेन्द्रलाई प्रचण्डले कारवाही गर्ने चेतावनी दिए

काठमान्डौँ : नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।

खाँडादेवी गाउँपालिका जोड्ने सुनकोसी माथिको खैरेनीघाट पक्कि पुलको आज रामेछापमा उद्घाटन गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध बोलिरहे पूर्व राजाले नागार्जुनबाट निस्कनुपर्ने चेतावनी दिएका हुन् ।

गणतन्त्र स्थापनाको समयमा शरण पर्न आएकाले मात्रै पूर्वराजालाई संरक्षण दिइएको भन्दै अध्यक्ष दाहालले लोकतन्त्रविरुद्ध षडयन्त्र गरिरहे जनताले नै उनलाई नागार्जुबाट निकाल्ने बताएका हुन् ।

अध्यक्ष दाहालले पूर्वराजाका केही समर्थकले सरकार मात्र हैन ब्यवस्था नै फेर्ने सपना देखे पनि त्यो पुरा नहुने उल्लेख गरे । लोकतन्त्रविरुद्ध षडयन्त्र गर्नेहरु नसच्चिए नसोचेको हविगत ब्यर्होनुपर्ने उनको चेतावनी थियो ।

अध्यक्ष दाहालले जनताको त्याग र वलिदानले ल्याएको व्यवस्थाको सम्मान गरी अघि बढ्न सबैलाई आग्रहसमेत गरे ।

Loading...
प्रकाशित मिति १९ श्रावण २०७६, आईतवार १३:१५