देशलाई लोडसेडिङमुक्त बनाउने कुलमानको आफ्नै कहानी (भिडियो हेर्नुहोस् )

काठमाडौं / मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव नै नगएको विषयमा निर्णय भयो भनेर सामाजिक सञ्चालमा व्यापाक चर्चा भयो ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङ पुनः चार वर्ष नियुक्त भएको हल्ला फैलियो । तर, घिसिङको म्याद भदौ २९ गतेसम्म भएकाले मंगलबारको बैठकमा प्रस्ताव नै पेश नभएको विभागीय मन्त्रीले नै खुलासा गरे ।

घिसिङ २०७३ को भदौमा चार वर्षका लागि कार्यकारी निर्देशकको रुपमा नियुक्त भएका हुन् । घिसिङले कुशल व्यवस्थापले देशमा दैनिक १८ घण्टासम्म भइरहेको लोडसेडिङ अन्त्य भएको थियो।

घिसिङ नियुक्त भएपछि विद्युत् चोरी नियन्त्रण, सेवामा सुधार, बक्यौला असुलीमा कडाई, प्राविधिक चुहावट कम, सबस्टेसनको स्तरोन्नतीका लागि अभियान नै चलाए।

कुलमान २०५१ सालमा सातौं तहको इन्जिनियरको रुपमा नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका हुन्। तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले उनलाई पहिलो पटक २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा नियुक्त गरेका हुन्।

त्यसअघि उनी चिलिमे जलविद्युत कम्पनीबाट प्राधिकरणको केन्द्रीय कार्यालयमा जिम्मेवारीबिहीन बनाएर तानिएका थिए। सोही मौकामा उनलाई मन्त्री शर्माले प्राधिकरणमा ल्याएका हुन्।

घिसिङलाई प्राधिकरणको प्रमुख नियुक्त गर्दा कर्मचारी संगठन आन्दोलिन भएका थिए। सँगै उनी भन्दा सिनियर उपकार्यकारी निर्देशकहरु नियुक्तिको खारेजी माग गर्दै सर्वोच्च अदालतसम्म पुगेका थिए। प्राधिकरणका वरिष्ठले दिएको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले घिसिङलाई नियुक्तिको एक महिनामै काम गर्ने बाटो खोलिदिएको थियो।

सोमबार मात्र एपीवान टेलिभिजनको ‘तमसो मा ज्योतिर्गमय’ टिकाराम यात्रीले गरेको कुराकानी :

Loading...
प्रकाशित मिति १० भाद्र २०७७, बुधबार ०१:२३