उदयपुरमा भाले र घिउ लिएर वडा अध्यक्ष सुत्केरी भेट्न पुगे

रविन्द्र भट्टराई / साउन १९ उदयपुर –

२ हजारको कुखुराको भाले र एक माना घिउ लिएर उदयपुरको कटारी नगरपालिकाका वडा नं. ८ का वडा अध्यक्ष कमल श्रेष्ठ वडाकै एक सुत्केरीलाई भट्नु भयो । वडाको सुत्केरी भेटघाट कार्यक्रम अन्तरगत वडा अध्यक्ष श्रेष्ठले भाले र घिउ लिएर आज भेट्न जानु भएको थियो ।

उहाँ मात्र होईन त्यस कार्यक्रममा वडाका सबै पदाधिकारीहरुको समेत सहभागि थियो । सुत्केरी आमालाई कुखुराको भाले र घिउ दिएपछि सुत्केरी र उनको परिवारलाई सुत्केरी आमा र बच्चाको स्याहार तथा पोषणमा ध्यान दिन सुझाव पनि दिईएको थियो ।

वडा कार्यलयको चालू आर्थिक वर्ष २०७६–०७७ को नीति तथा कार्यक्रममा नै उल्लेख गरेर सुत्केरी भेटघाट कार्यक्रम राखिएको वडा अध्यक्ष श्रेष्ठले बताउनु भयो । सोही कार्यक्रम साउन लाग्दादेखि नै सुरु भएको छ ।

कार्यक्रम अन्तर्गत आज सोहि वडाको सुत्केरी नन्द कुमारी मगर नै पहिलो भेट भएको समेत वडा अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

घरमा नै बच्चा जन्माउँदा आमा र बच्चा दुवैको स्वास्थ्यलाई खतरा हुने हुँदा वडा कार्यलयले मातृ शिशु स्वस्थ्यका वारेमा जनचेतनामा समेत जोड दिने गरेको छ ।

Loading...
प्रकाशित मिति १९ श्रावण २०७६, आईतवार १८:३७