कुलमान घिसिङ नियुक्ति बारे पहिलोपटक बोल्यो सरकार ( भिडियो हेर्नुहोस् )

काठमाण्डौ / यतिबेला सामाजिक सञ्जाल फेसबुक, युट्युब, ट्विटरमा नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङको सर्वाधिक चर्चा चलिरहेको छ घिसिङलाई पुनर्नियुक्तिलाई लिएर भइरहेका अनेक टीकाटिप्पणीप्रति सरकारले पहिलोपटक बोलेको छ ।

बिहीबार मन्त्रिपरिषद्का निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले कुलमान घिसिङलाई सरकारले नियुक्ति नदिएको बताउनुभयो ।

कुलमान घिसिङलाई फेरि नियुक्ति दिइएको भनेर सामाजिक सञ्जालमा समाचार आइरहेका छन् भन्ने प्रश्नमा मन्त्री खतिवडाले भन्नुभयो, ‘उहाँलाई सामाजिक सञ्जालले पुनर्नियुक्ति दिएको होला, सरकारले त दिएको छैन । सामाजिक सञ्जालले दिएको नियुक्ति सरकारलाई थाहा हुने कुरो भएन तर औपचारिक प्रस्ताव पनि छैन ।’

उहाँले यस विषयमा अहिलेसम्म छलफल नै नभएको बताउनुभयो । ‘त्यो लेखाइमा, या बोलाइमा या सूचनामा कुनै सत्यता छैन’, उहाँले भन्नुभयो ।

कुलमान घिसिङकाे चार वर्षे कार्यकाल सकिनै लाग्दा केही दिनयता सामाजिक सञ्जमालमा उनलाई नै निरन्तरता दिनुपर्ने भन्दै दबाब बढाइँदैछ ।

 

Loading...
प्रकाशित मिति ११ भाद्र २०७७, बिहीबार १२:१०