हाम्रो मन मिलिसक्यो : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच मन मिलिसकेको र अब कुनैपनि किसिमको असमझदारी नरहेको स्पष्ट पारेका छन् ।

आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,’प्रचण्ड र मेरो मन मिलिसक्यो । अब असमझदारी छैन् । मनमनै हात मिलाउनु भन्नुहुन्छ भने त्यो सम्भव छ । तर, कोरोनाका कारणले हात मिलाउन मिल्दैन् ।’

उनले आफूलाई प्रचण्डबाट मुख्य रुपमा सहयोग नै भएको पनि स्पष्ट पारे । उनले भने,”यो बीचमा केही अन्तरविरोध भएका बेला विरोधका पक्ष जगजाहेर छ ।

त्यो पनि सहयोग नै थियो भन्नु उचित हुँद्यैन् । तर, समग्रमा उहाँबाट मैले असहयोग पाएको छैन् ।सहयोग पाएको छु । अब झन पारस्परिक सहयोग हुन्छ ।

Loading...
प्रकाशित मिति १३ भाद्र २०७७, शनिबार १६:४७