बाग्लुङमा ताल फुटेर बगायो सडक

काठमाडौं / अबिरल वर्षा पछी सोमबार विहान ४ बजे तुरतुरे ताल फुटेको छ । बडीगाड खोलामा पानीको सतह बढेपछी बडीगाड गाँउपालिका र ढोरपाटन नगरपालिकाको सीमानामा रहेको तुरतुरेतालको फुटेको हो ।

तुरतुरे ताल नजिकै करिव २ सय मिटर मध्यपहाडी लोकमार्ग बगेको छ । बिहान साढे ७ बजेको समय सम्म तालको ९५ प्रतिशत पानी बगेको बगेको बताइएको छ । ताल बिस्तारै फुटेको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

एकै पटक फुटेको भए ठुलो क्षेति हुन्थ्यो ,बिस्तारै बगेकाले असाधारण नोक्सान भएको छैन’ क्षेत्रीले भन्नुभयो । ताल तलको करिव २ सय मिटर सडक बगेको कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अबरोध भएको बडिगाड गाँउपालिकाका अध्यक्ष मेहरसिंह पाईजाले जनाकारि दिनुभयो ।

अध्यक्ष पाइजाले सडक अबरुद्द भएपनि अरु नोक्सान नभएको जानकारी दिनुयभो । रातीदेखि नै प्रहरीटोलीले तटीय बस्तिमा सावधानी अपनाउन का लागि अनुरोध गरेका थिए ।अहिले जोखिम कम भएपनि नदि नजिक नजान बडिगाँड गाँउपालिकाले आग्रह गरेको छ । थप विवरण आउन बाँकी ।

Loading...
प्रकाशित मिति २० श्रावण २०७६, सोमबार ०९:२९