प्रकाश टण्डन र सर्मिला बोगटीको “फुच्चे को कमेडी” युट्युबमा

( सुस्मा श्रेष्ठ )काठमाडौं १४ भदौ / प्रत्यक्ष या अप्रत्यक्ष विभिन्न माध्यम हरु सामाजिक संजाल मार्फत सत्य तथ्य खबर मनोरञ्जन हरु आउने क्रम जारी नै छ।

यसै क्रम मा विभिन्न खबर मनोरञ्जन हरु युटुब मार्फत ल्याउदै गरेका सामाजिक संजाल मार्फत परिचित धेरै दर्सक श्रोता हरु को मन मा बस्न सफल प्रकाश टण्डन र सर्मिला बोगटिको “फुच्चे को कमेडी” बजारमा आएको छ।उक्त कमेडी केही महिना देखि “सार्थक मझेरी  टि भि” युटुब च्यानल बाट प्रसारण हुँदै आएको हो ।

“फुच्चे को कमेडी ” हरेक हप्ता को शुक्रबार राती ९ बजे   प्रकासन गरिन्छ । प्रकाश टन्डन र सर्मिला बोगटिको निर्देसन सन्चालित कमेडीमा बाल कलाकार उत्कृष्ट खडकाको मुख्य भुमिका रहेको छ भने साथ मा अन्य कलाकार हरुको सहकार्यमा यो कार्यक्रम संचालन गर्दै आएको टण्डन बताउछन ।

यश भन्दा अगाडि बिगत का बर्ष हरु मा टण्डन सत्य तथ्य समाचार मनोरंजन हरु को साथ मा पत्रकार को भुमिका मा सक्रीय थिए,भने केही महिना बाट युटुब मार्फत  ” फुच्चे को कमेडि”  लगायत अन्य गीत संगीतका कार्यक्रमलाई निरंतरता दिदै अगाडि बढाउदै आएका छन।

बालपन देखि नै टण्डन सङ्ग एउटा सकुमार सपना थियो पत्रकार बन्ने।अहिले उनी प्रदेशी भुमी दुबैमा कार्यरत छन उनले सामाजिक सन्जाल युटुब मार्फत नै आफ्नो सपनाहरु पूरा गर्दै आएका छन ।

“फुच्चे को कमेडी” निर्माता टन्डन र सर्मिला बोगटिलाइ लाई खुशी साथ कमेडी ले सफलता  चुम्यो।जिबनको प्रेक्षागृहमा सहज र सफलताले तानिरहे उनलाई । कमेडी नाटकलाई जीवनसङ्ग र जगतलाई रंगमन्च सङ्ग  जोडेर कबिहरुले जन्माएका अनेक काब्यिक दर्शन र व्याख्या पुरानो भैसक्यो।

भनिन्छ नाटक जीवन को साध्श्यमा आएजस्तै नाट्कियता कमेडीहर कला-शाहित्यको आत्मा मा रहेको हुन्छ।सोही क्रम मा कमेडी  को केन्द्र बनिसकेको फुच्चे को कमेडी टिम को राम्रो मेल मिलाप समझदार भएको हुदा लामो समय सम्म अझै राम्रो सहज ढंग बाट अगाडि बढ्ने छ,सफलता हासिल गर्ने छ यश फुच्चेको कमेडीले।नाटकियता को नाता जीवन यथार्थ सङ्ग मात्र जोडिएको हुदैन यथार्थको अतिक्रमण सङ्ग पनि उत्तिकै घनिष्ट हुन्छ नाटकियता।

“फुच्चे को कमेडी टिम मा धेरै जना नाट्य कमेडी कलाकार हरु सहभागी छन।उक्त कमेडी का निर्माता प्रकाश टन्डन र सर्मिला बोगटी हुन भने पेमा लामा ले सल्लाहकार को भुमिका निभाउदै आएका छन।लिपि लेखक यसै कमेडी को  निर्माता सर्मिला बोगटी हुन।

आभाष बोगटि र कृष्ण खड्का ले छायांकन को भुमिका निभाउदै आएका छन भने यसै कमेडी मा उत्कृष्ट खड्का,उर्बर्शि थापा खड्का,नबराज बोगटी,आकृति बोगटी,प्रतीक्षा थापा,बिन्दु रावल थापा,शर्मिला बिगटी,कृष्ण खड्का,सन्जु बि क को दृश्य हेर्न सकिन्छ साथ मा अन्य सहकार्य कलाकार हरु ले आ-आफ्नो भुमिका निभाउदै आएका छन ।

कमेडी पूरा भिडियो “सार्थक मझेरी टि भि”युटुब च्यानल बाट हेर्नुहोस ।

 

Loading...
प्रकाशित मिति १४ भाद्र २०७७, आईतवार ०५:०५