पुष्प र साम्राज्ञीको रोमान्सले भरिएको मारुनी ट्रेलर सार्वजनिक

काठमाडौं / फिल्म ‘मारुनी’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलरमा साम्राज्ञीको पुष्प प्रति पागल प्रेम देखाइएको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह र रेविका गुरुङको मुख्य भुमिका रहेको छ । फिल्ममा उनीहरुको साथै आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेदै, विनोद भट्टराई, सुशिल क्षेत्री लगायत कलाकारको अभिनय रहेको छ । नवल नेपालले निर्देशन गरेको फिल्मलाई पुनम गौतम क्षेत्रीले निर्माण गरेकी हुन् ।

यो फिल्मको कथा निर्देशक नेपाल र गोविन्द्र फुयालले तयार पारेका हुन् । संजय लामाले छायांकन गरेको फिल्मलाई मित्र डि. गुरुङले सम्पादन गरेका छन् । यो फिल्म भदौ १३ गते देखि प्रदर्शन हुँदैछ ।

Loading...
प्रकाशित मिति २० श्रावण २०७६, सोमबार १०:२८