पशुपतिनाथको दर्शन गर्न  हिमानी शाह छोरा छोरीसँग पुगिन्

काठमाडौं – पूर्वयुवराज्ञी हिमानी शाहले सोमबार बिहान पशुपतिनाथको दर्शन गरेकी छन्। साउने सोमबारको अवसर पारेर श्रावण २० गते बिहानै शाहले पशुपतिको दर्शन गरेकी हुन् ।

उनी पशुपतिमा छोरी पूर्णिका र छोरा हृदयन्द्रका साथ पुगेकी थिइन् । दर्शनका क्रममा पूर्वयुवराज्ञी शाहले छोरी पूर्णिका र छोरा हृदयन्द्रसहित फोटो खिच्ने भक्तजनहरू लाई फोटो खिच्न दिएकी थिइन् ।

शाहले करिब २० मिनेट मन्दिरभित्र पूजा आराधना गरेकी थिइन्

Loading...
प्रकाशित मिति २० श्रावण २०७६, सोमबार १६:१७