विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? जान्नुहोस कुन देशको कति छ भाउ

काठमाडौं / आज मंगलबार अमेरिकी डलरसहित सबै देशको भाउ बढेको छ । आज अमेरीकी डलर एकको खरिददर ११२ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्रीदर ११३ रुपैयाँ ४९ पैसा रहेको छ।

युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३७ रुपैयाँ २८ पैसा र बिक्रिदर १३८ रुपैयाँ १ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ २५ पैसा रहेको छ।

कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १७ पैसा रहेको छ। युएई दिराम एकको खरिददर ३० रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९० पैसा रहेको छ।

मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ २ पैसा, बिक्रिदर २७ रुपैयाँ १६ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३७१ रुपैयाँ २९ पैसा रहेको छ भने बिक्रिदर ३७३ रुपैयाँ २७ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २९९ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्रिदर ३०१ रुपैयाँ ४ पैसा रहेको छ।

Loading...
प्रकाशित मिति २१ श्रावण २०७६, मंगलवार ०५:४०