उदयपुरमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना

काठमाडौं  , उदयपुरमा आज बिहान भएको एम्बुलेन्स दुर्घटनामा ७ जना घाईते भएका छन् । झापाबाट उपचार गरी घर फर्केका मानिसलाई लिएर गाईघाट तर्फ जाँदै गरेको मे १ च ६६१ नम्बरको एम्बुलेन्स बिहान उदयपुरको त्रियुगा नगरपालिका–६ चुरेमा अनियन्त्रित भई दुर्घटना भएको हो ।

घाईते सबैजनाको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको छ भने चालक र एम्बुलेन्स ईलाका प्रहरी कार्यालय जलजलेको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।

दुर्घटनामा परिएम्बुलेन्समा सवार त्रियुगा नगरपालिका–६ का सदहरुल मिया, उनकी २८ बर्षीयाछोरी सहिजा मिया, सोही स्थान बस्ने ३५ बर्षीय मोहमद हमिद, बर्ष ४० की सहिपुन खातुन, बर्ष ७५ की हजरा खातुन, त्रियुगा नगरपालिका–१२ की ३२ बर्षीय अम्बिका बिक र उनको छोरा ११ बर्षीय अशोक बिक घाईते भएका हुन् ।

Loading...
प्रकाशित मिति २१ श्रावण २०७६, मंगलवार ०६:४५