भद्रगोल

काठमाडौं /भद्रगोल निकै चर्चित टेलिसिरियल हो । टेलिभिजनमा र युट्युबमा भद्रगोल लाई दर्शकले निकै रुचाएका छन् । तर केही हप्तादेखि भद्रगोल प्रशारण भैरहेको छैन । भद्रगोल को प्रशारण रोकिएसँगै फ्यानहरुले गाली गरिरहेका छन् ।

भद्रगोल का निर्देशक दिपक आचार्य ले भद्रगोल रोकिनुको कारण खुलाएका छन् । उनले नयाँ आर्थिक बर्ष सुरु भएसँगै आफूहरुले विभिन्न विज्ञापन र मिडिया हबसँग सम्झौता गर्नुपर्ने बताएका छन् । अहिलेसम्म उक्त सम्झौता नभएर भद्रगोल को प्रशारण रोकिएको उनको भनाई रहेको छ ।

उनले सबै कुरा मिल्ने बित्तिकै भद्रगोल पुन ः सुचारु हुने पनि बताएका छन् । अहिले भद्रगोल का कुनैपनि श्रृङ्खला छायांकन भएको छैन । मिडिया हबसँग सम्झौता भएपछि मात्र विभिन्न एपिसोडहरु छायांकन हुने दिपकले जानकारी दिएका छन् ।

Loading...
प्रकाशित मिति २१ श्रावण २०७६, मंगलवार ०७:२१