ओरालो लाग्न थाल्यो सुनको भाउ, हेर्नुहोस् आज तोलाको कति छ ?

काठमाडौं २३ भाद्र / सुनको भाउ आज तोलामा ३ सय रुपैयाँ घटेकाे छ । सुनको भाउ आज तोलाको ९५ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजाे सुनको भाउ तोलाको ९६ हजार १ सय रुपैयाँ थियो । यस्तै हिजाे तेजावी सुन प्रति तोला ९५ हजार ६ सय रूपियाँमा काराेकार भएको थियाे । आज तेजावी सुनकाे मूल्य ९ हजार ३ सय मा काराेकार भइरहेकाे छ ।

हिजाे चाँदीको मुल्य १ हजार ३ सय २० मा काराेबार भएकाे थियाे भने आज चाँदीकाे मूल्य १ हजार ३ सय १० रूपियाँमा काराेबार भइरहेकाे छ ।

अन्य समाचार

मंगलबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ६५ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५४ रुपैयाँ ६१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५५ रुपैयाँ ४१ पैसा तोकिएको छ।

त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८६ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ९१ पैसा तोकिएको छ ।  एक साउदी रियालको खरिददर ३१ रुपैयाँ २१ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ३७ पैसा तोकिएको छ ।

त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय १० रुपैयाँ ४४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १२ रुपैयाँ ३ पैसा तोकिएको छ । त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ १९ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ३४ पैसा तोकिएको छ ।

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८२ रुपैयाँ ७७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८४ रुपैयाँ ७४  पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ १५ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ३१ पैसा तोकिएको छ ।

Loading...
प्रकाशित मिति २३ भाद्र २०७७, मंगलवार ०५:३८