आजपनि बढ्यो विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन देशको कति ? (तालिकासहित)

काठमाडौं / बुधबार पनि अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ४६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ ६ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५३ रुपैयाँ ७३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५४ रुपैयाँ ५१ पैसा तोकिएको छ।

त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८८ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ९३ पैसा तोकिएको छ ।  एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ३२ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ४८ पैसा तोकिएको छ ।

त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय १० रुपैयाँ ४४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १२ रुपैयाँ ३ पैसा तोकिएको छ । त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ १९ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ३४ पैसा तोकिएको छ ।

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ११ रुपैयाँ ५२ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १३ रुपैयाँ ११ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ २६ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ४२ पैसा तोकिएको छ ।

Loading...
प्रकाशित मिति २४ भाद्र २०७७, बुधबार ०६:३७