विधालय वरपर पानीपुरी चटपट र जंग फुड किनबेच्न गर्न नपाउने

साउन २१ / सिन्धुपाल्चोक र जिल्लाको पाँच पोखरी थाङपाल गाँउपालिकाले विद्यालय वरपर जंक फुड विक्रीमा निषेध गरेको छ ।

गाँउपालिकाले ८ ओटा वडा भित्र संचालित सम्पूर्ण सामुदायिक विद्यालय क्षेत्र वरपर जंक फुड किनबेचमा रोक लगाएको हो । विद्यालयबाट ५० मिटर वरपर चाउचाउ, बिस्कुट, पानीपुरी, चटपटेलगायतका जंक फुटक किनबेच नगर्न गाँउपालिकाले निर्देशन दिएको छ ।

जंक फुडमा चिल्लो बढी र पौष्टिक तत्व कम हुने भएकोले त्यस्ता खानेकुरा नखान विज्ञहरुले सुझाब दिदै आएका छन् । जंग फुटको सेवनले बालबालिकाको शाररीरिक र मानसिक रुपमा असर पर्ने विभिन्न अध्ययनमा बताइएको छ ।

Loading...
प्रकाशित मिति २१ श्रावण २०७६, मंगलवार ०९:५१