अञ्जलि अधिकारी र आशिर प्रतापको अभिनयमा मनछुने दशैं गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौं २५ भाद्र / नेपालीहरुको महान पर्व बडा दशैं नजिकिँदै गर्दा डिजिटल बजारमा दशैं गीतहरु धमाधम आउन थालेको छ । त्यस्तै बिहिवार अर्जुन कुँवर र सरिता शाहीको स्वरमा निकै नै मार्मिक गीत ( अर्जुन कुँवर पित्री बूढो ) युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

“ए दैव” बोलको गीतलाई गणेश अधिकारीले लेखेका हुन् भने संगीतपनि अधिकारीकै रहेको छ । धनिलाई हर्षको चाड गरिबलाई के दशै के तिहार भनेझै’, “जब चाडबाड आउँछ अनि छोराछोरीलाई एकछाक मिठोमसिनो कसरी खुवाउने भन्ने चिन्तै चिन्ताले चाडपर्व जान्छ ।”

यस गीतको भिडियोमा पनि गरिबीको पीडालाई छर्लङ्ग देखाउन खोजिएको छ ।

स्मृति तिमिल्सिना (गुरु आमा) ले निर्देेशन गरेको भिडियोमा आशिर प्रताप जंग, अञ्जली अधिकारी, सभिरा बोहरा, पुरुषोत्तम ढुङ्गाना लगायतका कलाकारहरुको उत्कृष्ट अभियन देख्न सकिन्छ । भिडियो हेर्नुहोस् :

Loading...
प्रकाशित मिति २५ भाद्र २०७७, बिहीबार ०४:११