दाङमा यात्रुबाहक बस दुर्घटना

दाङ २१ साउन / घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका १० अमराईमा मंगलबार दिउँसो बस पल्टिँदा १४ यात्रु घाइते भएका छन् ।

तुलसीपुरबाट नारायणगढतर्फ जाँदै गरेको  ना ६ ख ६४३१ नम्बरको बस अर्को बसलाई उछिन्ने क्रममा सडकदेखि १० मिटर तल खेतमा पल्टिएको हो।

घाइतेहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले बताए।

उनका अनुसार चालक फरार रहेकोले खोजी भइरहेको छ।

Loading...
प्रकाशित मिति २१ श्रावण २०७६, मंगलवार ११:०५