शान्ति श्री परियारको मनछुने दशै गीत सार्वजनिक [हेर्नुहोस् ]

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा नेपालिहरुको महान् पर्व वडा दशै नजिकिए संगै कलाकारहरुले दशै तिहाकका गितहरु सार्वजनिक गरिरहेका छन् , प्राय प्रदेशी हुनुको पिडालाई नै गितमा प्रस्तुत गरिएको पाईन्छ ।

यसै विच लोकप्रिय गायक राजेन्द्र कडेलको दशै गित “अभागि प्रदेशी” भखरै सार्वजनिक भएको छ  । चर्चित लोक दोहोरी गायिका शान्ति श्री परियार र राजेन्द्र कडेलको स्वरमा रहेको उक्त गितमा विष्णु भण्डारिको उत्कृष्ट शब्द सृर्जना एवम्  गायक कंडेलको लय रचना रहेको छ । उक्त गितमा प्रदेशी यर्थाथ कहानिलाई दर्शाईएक छ , दशैको दिनसम्म भएनि घर आऊछु , लाखौ प्रदेशीको पिडालाई समेटिएको छ  ।

देवेन्द्र पाण्डेको उत्कृष्ट निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा चर्चित कलाकार रुपा कडेल र विकास लामिछानेको मार्माहिक अभिनय रहेको छ । समस्तमा गितको म्युजिक भिडियो निकै उत्कृष्ट वनेको छ ।  उत्सव दाहालले छायाकन गरेको गितको म्युजिक भिडियो विष्णु दाहाले सम्पादन गर्नु भएको छ ।

Loading...
प्रकाशित मिति २५ भाद्र २०७७, बिहीबार ०७:५६