पल शाह, दुर्गेश थापा लगायतका टिम द्वारा बागलुङ बाढीपहिरो पीडितलाई राहत वितरण

काठमाडौं २३ भाद्र / गत बुधबार राति एक्कासि आएको बाढीले ३० घर भन्दा धेरै बगाएपछि बागलुङ जिल्ला यतिबेला शोकमा डुबेको छ ।

बाढीमा परि १७ जनाको ज्यान गइसकेको छ भने केही अझै बेपत्ता रहेको छ । बाढीबाट बच्न सफल घरबार बिहिन बनेका पीडित परिवारहरुलाई अभिनेता पल शाह गायक दुर्गेश थापा लगायतका टिमले बागलुङ पुगेर रहात सामाग्री वितरण गरेको छ ।

सिरक डसना, दाल चामल, नुन तेल बोकेर यतिबेला पह शाहको टिम बागलुङ सम्मको यात्रामा छन् । शाहले यसअघिपनि कैलाली पुगेर पहिरो पीडितलाई सहयोग गरेर फर्केका थिए ।

ढोरपाटन नगरपालिकाको वडा नम्बर ७, ८ र ९ को तटीय बस्तीमा भुजी खोलाको बाढी पस्दा केहिकाे अवस्था अझै थाहा हुन नसकेकाे जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।

बाढीले ३१ घरमा पूर्ण क्षति पुर्‍याएकाे छ । अरु थुप्रै घरमा क्षति पुगेको छ ।  घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाले उद्धार गरिरहेको छ ।

वर्षासँगै बुधबार राति १२ बजेतिर आएको बाढीले बस्तीका घर बगाएको घटनास्थलमा रहनुभएका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख, प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रकाश सिंह भण्डारीले जानकारी दिनुभयो ।

माथितिर कुनै ताल फुटेर वा खोला थुनिएर बाँध बनी एक्कासी बाढी आएको हुन सक्ने ढोरपाटन नगरपालिकाका उपमेयर करमती पुन मगरले बताउनुभयो

Loading...
प्रकाशित मिति २५ भाद्र २०७७, बिहीबार ०८:२४