पल शाह र वर्षा शिवाकोटी फिचर्ड भिडियो सार्वजनिक

काठमाडौँ / गायक किशोर शिवाकोटीले नयाँ गीत ‘पर्ख तिमीलाई’को भिडियो बजारमा ल्याएका छन् ।

यसअघि भारतीय लोकप्रिय गायिका आशा भोष्लेसँग मिलेर ‘गुँराश फुल्यो बनैभरी तिम्रोमाया मनैभरी’को भिडियो बजारमा ल्याएर चर्चा बटुलेका किशोरले नयाँ भिडियो पर्ख तिमीलाईको भिडियो सार्वजनिक गरे लगत्तै राम्रो प्रतिक्रिया आइरहेको छ ।

सार्वजनिक गीतमा शब्द चर्चित गीतकार एकनारायण भण्डारीको रहेको छ भने संगीत लोकप्रिय गायक तथा संगीतकार सत्य स्वरुपको रहेको छ ।

भिडियोमा बहुचर्चित मोडत तथा नायक पल शाहसँग सुन्दरी नायिका वर्षा शिवाकोटीको जिवन्त अभिनय रहेको छ ।

किशोरको त्रिब्युट एल्बममा समावेश पर्ख तिमीलाईमा कोरियोग्राफी सुबोल थापाको रहेको छ भने बुद्ध थापाकोको छायांकन रहेको छ भने सम्पादन विकाश धमलाले गरेका हुन् । निकेश खड्काको निर्देशन रहेको गीतको भिडियो केके म्यूजिकबाट बजारमा ल्याइएको हो ।

Loading...
प्रकाशित मिति २५ भाद्र २०७७, बिहीबार १५:०५