डाक्टरको लापरवाहिले बच्चाको मृत्यु भएको भन्दै ग्रान्डीमा प्रदर्शन (भिडियो सहित)

काठमाडौं । ग्राण्डी इन्टरनेशनल अस्पतालमा डाक्टरको लापरवाहिबाट उपचारका क्रममा बच्चाको ज्यान गएको भन्दै अस्पतालमा मृतकका आफन्ताहरुले प्रदर्शन गरेका छन् ।

गोल्फुटारकी निशा तामाङले असार २० गते जुम्ल्याह बच्चा जन्माएकी थिइन् । जसमध्य एक बच्चाको साउन ६ गते ग्राण्डीमा ज्यान गएको थियो ।

उक्त बच्चा चिकित्सकको लापरवाहीको कारणले मृत्यु भएको आरोप लगाउँदै आफन्तले प्रदर्शन गरेका हुन्। मृतक बच्चाको आफन्तले दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै आइरहेका छन्।

भिडियो /

Loading...
प्रकाशित मिति २१ श्रावण २०७६, मंगलवार १५:३१