बजारमा आजको सुनको भाउ यस्तो छ , हेर्नुहोस् ।

काठमाडौं । साताको पहिलो दिन सुनको मूल्य स्थिर रहेको छ ।

शुक्रबार तोलामा ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज स्थिर रहँदै सोही मूल्यमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला ९६ हजार ५ सय रुपैयामा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयामा कारोबार भइरहेको छ । त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय १० रुपियाँमा कारोबार भइरहेको जनाइएको छ ।

Loading...
प्रकाशित मिति २८ भाद्र २०७७, आईतवार ०६:२३