भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन

काठमाडौं । भारतकी पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन भएको छ । मंगलबार राति उनको निधन भएको भारतीय संचारमाध्यहरुले जनाएका छन् ।

हृदयाघातका कारण एम्स, दिल्लीमा भर्ना भएकी स्वराजको मंगलबार राति निधन भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

६७ वर्षीया स्वराज भारतकी पहिलो महिला विदेशमन्त्री थिइन्। सुष्मा सबैभन्दा पहिले १९७७ मा चुनाव लडेकी थिइन ।

उनको निधनको खबर पाएलगत्तै प्रधानमन्त्री नरेन्द्र मोदी आफै एम्स जाने तयारीमा रहेको बताइएको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंह, स्वास्थ्यमन्त्री हर्षबर्धन लगायतका नेताहरु अहिले एम्समै छन् ।

Loading...
प्रकाशित मिति २१ श्रावण २०७६, मंगलवार १८:३७