सारा नेपालीलाई रुवाएर प्राधिकरणबाट बिदा भए कुलमान घिसिङ [भिडियो हेर्नुहोस् ]

काठमाडौं ३० भाद्र / सायद नेपालमा पहिलो कर्मचारी होला कुलमान घिसिङ जस्को कार्यकाल सकिएर बिदा हुँदै गर्दा सारा जनताको आँखा रसाएको छ ।

रामेछापको एउटा गाउँको साधारण परिवारमा जन्मिएका घिसिङ लामो समयदेखि नेपाल विद्युत प्राधिकरणमा काम गरेर २०७३ साल भाद्र २९ गते प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त भएका थिए ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड ) र तत्कालीन उर्जामन्त्री जनार्दन शर्माले घिसिङलाई नेपाल प्राधिकरणको निर्देशकमा नियुक्ति गरेका थिए । कार्यभार सम्हालेको केही महिनाबाटै लोडसेडिङ हटाउन सुरु गरेर जनताको प्रिय बनेका घिसिङले २०७५ साल बैशाखमा मुलुकलाई लोडसेडिङ मुक्त घोषणा पनि गरे, ‘ ३४ अर्ब घाटामा रहेको प्राधिकरणलाई ४ बर्ष भित्रै सबैभन्दा धेरै नाफा कमाउने संस्था बनाउन सफल भए ।

तर, आजदेखि कुलमान घिसिङको चार बर्षे कार्यक्रम पूरा भएको छ । घिसिङको पुन नियुक्तिको माग गर्दै सरकारलाई जनस्तरबाट चर्को दबाब भएपनि सरकारले घिसिङलाई पुन नियुक्ति गर्न सकेन ।

मंगलबार बिदाई कार्यक्रम आयोजना गरि प्राधिकरणका कर्मचारीहरुले ओैपचारिक बिदाई गरिसकेको छ । तर, जनमासमा अझै कुलमानको कार्यकाल थप हुन्छ भन्ने झिनो आशा भने जिवितै छ ।

घिसिङ बिदाई भएपनि निमित्त निर्देशकमा सरकारले लेखनाथ कोइराला नियुक्त भएका छन् । घिसिङले जाँदाजाँदै के भने भिडियो हेर्नुुहोस् :

Loading...
प्रकाशित मिति ३० भाद्र २०७७, मंगलवार १७:२२