सिन्धुपाल्चोक केन्द्रविन्द्र भएर फेरि भूकम्पको धक्का, स्थानीय भन्छन् ३ पटक मज्जाले हल्लायो

काठमाडाैं, ३१ भदाै । सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भएर फेरि अर्काे भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्र तथा अनुसन्धान केन्द्रको  अनुसार बुधबार बिहान ६ बजेर १० मिनेट जाँदा ३.८ म्याग्निच्यूडको अर्काे भ्रकम्प गएको हो ।

बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा सोही केन्द्रविन्दु भएर ६ म्याग्निच्यूडको ठूलो भूकम्प गएको थियो ।

सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दू भएर गएको ६.० रेक्टर स्केलको भूकम्पले त्यस क्षेत्रमा जोडसँग हल्लाए पनि विहान ६ बजेसम्म कुने क्षतिको विवरण नआएको बताइएको छ ।

केन्द्रविन्दु राम्चे नजिकै बाह्रबीसेमा केही दिन पहिलाको पहिरोमा परेकाहरुको उद्धारमा रहनु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकास सापकोटाले आफू केन्द्रविन्दू भनिएको राम्चे क्षेत्र नजिकै रहेको र त्याहाँको प्रहरी र स्थानीय जनप्रतिनिधिसँग बुझ्दा कुने क्षतिको विवरण नआएको बताउनुभयो ।

भूकम्पले जोडले हल्लाए पछि स्थानीयहरु घर बाहिर आएका र स्थानीयमा त्रास भएको बताउनुभयो ।

Loading...
प्रकाशित मिति ३१ भाद्र २०७७, बुधबार ०२:३३