भद्रगोलका जिग्री पाँडेले काठमाडौँमा खोले अचम्मका रेस्टुरेन्ट (भिडियो)

काठमाडौँ । डिल्लीबजार, राजनीतिक विकासमा विशिष्ट इतिहास बोकेको ठाउँ । दरबारसँग पहुँच भएका र पढेलेखेका मानिसहरुको प्रिय गाउँ ।

जहाँ पूर्खाहरु पाँच पैसाको आधा कप चिया पिएर घण्टौंसम्म बहस र विर्मश गर्थे । यहि डिल्लीबजारबाट चारखाल रोड हुँदै अघि बढ्दा केनि्द्रय कारागार भन्दा ठ्याक्कै दुई घर पर छ, भद्रगोल टोलीको इचीवन रेष्टुरेन्ट । जहाँ मानिसले आफ्नो भोक मेटाउँदा समाज सेवामा टेवा पुगिरहेको हुन्छ ।

कलाकारको समूहले खोलेको रेष्टुरेन्ट, कलात्मक नहुने कुरै भएन । छिर्ने बिति्तकै देखिन्छ नेपालीपनको आभाष दिने, मनै आननि्दत गराउने, हातैले कोरिएका भित्तकला । जुन रेष्टुरेन्टको गहना हो । रेष्टुरेन्टको खानादेखि गहनासम्ममा नेपालीपनको झल्को छ ।

जिग्री, पाँडे, बले, कक्रोजलगायत अधिकास लफङ्गा पात्रको रुपमा देखिन्छन् । तर, वास्तविक जीवनमा उनीहरु उद्यमशील छन् । देशमै केही गर्नुपर्छ भन्ने सकारात्मक सोच उनीहरुको नशानशामा देखिन्छ ।

इचिवान, कलाकार र दर्शकको भेटघाट हुने र सेल्फी खिच्ने थलो पनि बन्दै गएको छ । देश तथा विदेशमा रहेका दर्शकहरु भद्रगोलका कलाकारलाई भेट्नु पर्यो भने यहिँ आउँछन् ।

कलाकारितामा लोकपि्रयता र सकि्रयताको स्थायित्व नहुन सक्छ । त्यसैले बेलैमा व्यवसायलाई रोजेर आर्थिक रुपमा केही हदसम्म बलियो बन्ने सोच पनि भद्रगोल टोलीमा देखिन्छ । भिडियो हेर्नुहोस् ।

Loading...
प्रकाशित मिति २२ श्रावण २०७६, बुधबार ०५:५२