बालुवाटारमा भीषण आगलागी

साउन २२ काठमाडौं / बालुवाटारस्थित सुबिसुको कार्यालय रहेको भवनमा भीषण आगलागी भएको छ ।

बुधवार मध्याह्न करीब साढे १२ बजेबाट शुरू भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन।

आगो नियन्त्रणमा लिनका लागि घटनास्थलमा भर्खरै दमकल पुगेको छ । प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले आगलागीको पुष्टि गर्दै विस्तृत विवरण आउन बाँकी नै रहेको बताए ।

आगलागीबाट ठूलै क्षति भएको हुनसक्ने आशंका गरिएको छ । आगो नियन्त्रण गर्ने प्रयास भैरहेको प्रहरीले जनाएको छ।

Loading...
प्रकाशित मिति २२ श्रावण २०७६, बुधबार ०७:३२