आज कति छ सुनको भाउ (हेर्नुहोस्)

काठमाडौं ०४ असोज / साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९७ हजारमा कारोबार भएको छापावाल सुन आज आइतबार पनि सोही मुल्यमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । तरआज चाँदीको मूल्य भने घटेको महासंघले जनाएको छ ।

आइतबार चाँदी तोलामा १३१५ रुपैयाँमा काराबोर भएको छ । यसअघि शुक्रबार चाँदी तोलामा १३३० रुपैयाँमा कारोबार भएको थियो ।

Loading...
प्रकाशित मिति ४ आश्विन २०७७, आईतवार ०५:४९