भावुक भएर रवि लामिछानेले भने– प्रहरीले जहाँ बोलाउछ त्यहीँ जान तयार छु

काठमाडौं । चर्चित सञ्चारकर्मी रवि लामिछानेले आफ्नो पूर्व सहकर्मीको मृत्युको सम्बन्धमा आफ्नो नाम जोडिएर आएको विषयको खण्डन गर्दै आपत्ति जनाएका छन् ।

चितवनको नारायणगढस्थित कंगारू होटलमा पत्रकार शालिकराम पुडासैनी मृत फेला परेको घटनामा आफ्नो नाम छोडिएर सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा आएको समाचारको खण्डन गर्दै उनले पत्रकार पुडासैनीको मृत्युको खबरले आफू दुखित भएको बताए ।

पुडासैनीलाई आफू र आफ्नो टिमले कुनै किसिम टर्चर नगरेको बताउँदै रविले उनको मृत्युबारे चाँडै सत्यतथ्य बाहिर ल्याउन प्रहरी प्रशासनसँग अनुरोध गरेका छन् ।

बुधबार अपरान्ह फेसबुक लाइभमा आएका रवि लामिछाने भावुक हुँदै दुई महिना अघि न्यूज २४ छाडेर गएका पुडासैनीसँग राम्रो सम्बन्ध रहेको र उनी आफू खुसी नै माउन्टेन टेलिभिजनमा गएको जानकारी दिए ।

सो घटनाको अनुसन्धानमा सहयोग गर्न प्रहरीलाई बयान दिन आफू र आफ्नो टिम जहाँ भने त्यहीँ जान तयार रहेको बताएका उनले यस घटनाको विषयलाई लिएर पटक पटक प्रहरीको सम्पर्कमा गएको जानकारी दिए ।

Loading...
प्रकाशित मिति २२ श्रावण २०७६, बुधबार ११:१८