‘सेन्टी भाइरस’ घोषणा कार्यक्रममा धुर्मुसको फरक रुप

काठमाडौं २२ साउन ।हास्यकलाकार तथा समाजसेवी सीताराम कट्टेल धुर्मुस र उनी पत्नी कुञ्जना घिमिरे सुन्तलीले आफूहरुले बनाउन लागेको चलचित्रको नाम सार्वजनिक गरेका छन् ।

काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गरेर उनीहरुले आफूले बनाउन लागेको चलचित्रको नाम सार्वजनिक गरेका हुन् । पहिलोपटक चलचित्र बनाउन लागेको धुर्मुस सुन्तलीले निर्माण गर्न लागेको चलचित्रको नाम हो, ‘सेन्टी भाइरस ।’

सुबिहानी फिल्म्स्को प्रस्तुतीमा बनाउन लागिको सो चलचित्रलाई रामबहादुर गुरुङले निर्देशन गर्ने भएका छन् ।

डिन्डु लामा हृयोल्मो निर्माता रहने चलचित्र सेन्टी भाइरसमा धुर्मुस, सुन्तलीसहित दयाहाङ राई, बुद्धि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल, विल्सन विक्रम राई, बसन्त भट्ट र सूर्यमाला खनालको अभिनय रहने छ ।

Loading...
प्रकाशित मिति २२ श्रावण २०७६, बुधबार १३:२८