सँगै हिड्ने जीवन साथीको खोजिमा छुँ : नन्दिता केसी [भिडियो ]

काठमाडौं ०६ असोज / लोकप्रिय नायिका नन्दिता केसीको आज जन्मदिन परेको छ। आजकै दिन अर्घाखाँची जिल्लाको नरपानी गाविसमा जन्मिएकी नन्दितालाई बिहानैदेखि शुभकामनाको ओइरो लागेको छ । भिमबहादुर केसी र आमा चेतना केसीको कोखबाट जन्मेकी नन्दिताको जन्मदिनमा शुभचिन्तक र आफन्तहरुले उनको उत्तर उत्तर प्रगतीको कामना गरेका छन् ।

इन्द्रेणी चलचित्रबाट रजतपटमा प्रबेश गरेकी नायिका नन्दिता केसीले चलचित्र बाटो मुनिको फूल, मालतीको भट्टी, लगायतका चलचित्रमा अभिनय गरेकी छिन् । म्यूजिक भिडियोमा अभिनय गरेर समेत सफलता कमाएकी यि सुन्दरी पछिल्ला दिनमा अभिनय यात्रालाई चटक्कै छाडेर अमेरिका बसाइमा लागेकी छिन् ।

जन्मदिनको अवसरमा रमाइलो छ युट्युब अनलाइनमा अन्तर्वाता दिँदै नायिका नन्दिता केसीले बिबाहको लागि सँगै हिड्ने मान्छेको खोजिमा रहेको खुलासा गरेकी छिन् ।

उमेर पुगिसकेको कारणले विवाहको लागि घरपरिवारबाट दबाब पनि आएको बताएकी छिन् ।

भिडियो हेरौ :

Loading...
प्रकाशित मिति ६ आश्विन २०७७, मंगलवार १७:२३