खाना खाने पैसा नहुँदा घर बाहिर निस्किनन् परिणीती !

एजेन्सी– बलिउड अभिनेत्री परिणीती चोपडा आगामी फिल्म ‘जबरिया जोडी’को प्रमोशनमा व्यस्त छिन् । उनले फिल्मको प्रमोशन क्रममा आफ्नो करियरको मुश्किल समयबारे खुलेर कुराकानी राखिन् । उनले आफुसँग पैसा नहुँदा ६ महिना सम्म घरबाट बाहिर ननिस्किएको बताइन् ।

उनले भनिन्, ‘फिल्म ‘किल दिल’ र ‘दावत–ए–इश्क’ले बक्स अफिसमा राम्रो प्रर्दशन गरेन । मैले एउटा घरमा पैसा लगाएको थिए । त्यतिबेला मेरो सबै पैसा सकिसकेको थियो । यो मेरो जीवनको सबै भन्दा नराम्रो क्षण थियो । आफ्नो जीवनलाई अगाडि बढाउनको लागि मसँग कुनै सकारात्मक चीज थिएन ।’

उनले थप्दै भनिन, ‘त्यो समयमा मसँग खाना खान समेत पैसा हुँदैन थियो । पुरै समय सुतेर बिताउथे । त्यो बेला मेरो कोहि साथी थिएनन । यहाँसम्म कि मेरो परिवारसँग पनि सम्पर्क हुँदैन थियो । म एक्लै रोएर बस्थे । टीभी हेर्थे अनि सुत्थे । म लगभग डिप्रेस भइसकेको थिए । यस समयमा मलाई मेरो भाई सहज र साथी सन्जनाले साथ दिएका थिए । २०१६ सुरु हुने बित्तिकै हालात परिवर्तन हुन थाल्यो । मैले त्यहिँ वर्ष ‘गोलमाल ४’ र ‘मेरी प्यारी बिन्दु’ जस्तो फिल्म साइन गरेको थिए ।’

Loading...
प्रकाशित मिति २२ श्रावण २०७६, बुधबार १७:२२