आज काठमाडौंका यी ठाउँमा बत्ती जाने ( सुचना सहित ) हेर्नुहोस्

आज काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ ।

ललितपुर जिल्लाका ५ फिडरमा लोड स्थानान्तरण गरिने भएकाले दिउँसो १२ बजेदेखि १ बजेसम्म विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

गोदावरी फिडर, हरिसिद्धि फिडर, इमाडोल फिडर, इमाडोल–२ फिडर र लुभु फिडरमा लोड स्थानान्तरण गरिने जनाएको छ । पछिल्लो केहिदिन यता देशभर बत्ति झ्याप्प झ्याप्प जाने समस्या बढिरहेको छ ।

मौसम खराब र वर्षाका कारण मर्मतमा समस्या भएको कारण बत्ति जाने गरेको प्राधिकरणले जानकारी दिएको छ । तर, सर्वसाधारणहरुले कुलमान घिसिङ बाहिरिए पछि यस्तो हुन थालेको गुनासा समेत गरेका छन् ।

Loading...
प्रकाशित मिति १० आश्विन २०७७, शनिबार ०२:०३