दसैंको लागि घरजान टिकट बुकिङ यी मितिदेखि खुला गरिने [हेर्नुहोस]

काठमाडौं / कोरोनाभाइरसको संक्रमणका कारण ६ महिनादेखी रोकिएका लामो र मध्यम दूरीका यातायात अहिले सञ्चालनमा आएका छन् ।

कोरोनाभाइरसको संक्रमणको जोखिमबढ्दै गइरहेको बेला लामो दूरीका बस सञ्चालनमा आउदा झन् संक्रमण फैलने होकी भन्ने डर छ । यस्तो अवस्थामा सरकारले सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर चलाउन निर्देशन दिएको छ ।

यसैबीच दशैं नजिकिदै गर्दा काठमाडौं उपत्यकाबाट घर जाने यात्रुहरुको लागि टिकट बुकिङ सुरु गरिन लागिएको छ । यातायात व्यवसायीले कात्तिक लागेपछि मात्र लामो र मध्यम दुरीका  टिकट बुकिङ सुरु गरिनजे बताएको छ ।

कोरोना संक्रमणका कारण शिक्षण संस्थाहरु समेत बन्द रहेको अवस्थामा यात्रुको चाप गएको वर्षहरुमा भन्दा कम हुने हुनालु ढिलोगरी टिकट बुकिङ खुलाइन सकिने नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले जनाएको छ ।

हवाई उडानलाई पूर्ण सिट क्षमतामा सञ्चालन गर्न दिएपछि महासंघले पनि बसहरु पूर्ण सिट क्षमतामै सञ्चालन गर्न पाउनुपर्ने बताउँदै आइरहेका छन् ।

Loading...
प्रकाशित मिति १० आश्विन २०७७, शनिबार ०६:४४