कोरोना संक्रमणबाट सैनिक जवानको मृत्यु

कोरोना संक्रमणबाट बझाङको छबिसपाथिभेरा – १ घर भएका सैनिक जवान विकास रावलको मृत्यु भएको छ ।रावलमा कोरोना भाइरस संक्रमण देखिएपछि असोज ६ गते छाउनीस्थित वीरेन्द्र अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा शुक्रबार साँझ अस्पतालमै मृत्युु भएको मृतकका आफन्त दिनेश रावलले बताए ।

उनमा उच्च ज्वोरो आउने, वान्ता हुने, बेहोस हुने र काप्ने जस्ता लक्षण देखिएको छ । ६ असोजमा एक्कासी बेहोस भएपछि मृतक रावललाई छाउनीस्थित वीरेन्द्र अस्पतालमा आइसीयूमा भर्ना गरिएको थियोे ।

आइसीयूमा पनि उपचार नहुन सकेपछि भेन्टिलेटरमा राखिएको शुक्रबार राति १० बजे उनको मृत्यु भएको जनाइएको छ ।

Loading...
प्रकाशित मिति १० आश्विन २०७७, शनिबार ०९:२९