फेरि घट्यो सुनको भाउ : हेर्नुहोस् तोलाको कति ?

काठमाडौं ११ असोज / नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ६ सय रुपैयाँले घटेर सुनको कारोबार भइरहेको हो ।

शुक्रबार प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ९३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ रहेको महासंघले जनाएको छ ।

आज बजारमा चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Loading...
प्रकाशित मिति ११ आश्विन २०७७, आईतवार ०६:१४