पिबि घायलको पहिलो कोशेली पोखरामा ले चर्चा कमाउदै,टिकटकमा समेत धेरैले बनाए भिडियो

नेपाली सांगीतक क्षेत्रमा नव गायकहरुको आगमन समेत भइरहेको छ । यसै क्रममा पर्वतका गायक पिबि घायलको पहिलो कोशेली पोखरामा सार्वजनिक भएको छोटो समयमै सबै माझ लोकप्रिय बनिरहेको छ ।

सार्वजनिक भएको केहि दिनको अन्तरालमै गीतका सम्पुर्ण शब्द टिकटक लगायकतका सामाजिक सञ्जालमा समेत चर्चित बनेको छ भने युउटुवमा पनि अत्यन्तै राम्रो प्रतिक्रिया सहित गीतले राम्रो दर्शक पाइरहेको छ ।

गीत सुनेर धेरैले राम्रो भन्ने प्रतिक्रिया दिएको साथै टिकटकमा समेत गीतलाई धेरैले भिडियो बनाएको गायक घायलले हामीलाई बताउनु भयो । गीतको म्युजिक भिडियो समेत दमदार बनेको छ । विमल अधिकारी र अञ्जली अधिकारीको अभिनय रहेको गीतलाई विमल अधिकारी आफैले निर्देशन गरेका छन । गीतलाई भावना म्युजिक सोलुसनले बजार ब्यवस्थापन गरेका छ ।

गायक घायलले हामी सँग कुरा गर्दै आफ्नो सानै देखि गीत गाउने इच्छा रहेको र त्यो अहिले पुरा भएको बताउनु भयो । गीतको पुर्ण सफलताको कामना सहित सो गीतको पुरै म्युजिक भिडियो यहाँहरुको लागी

Loading...
प्रकाशित मिति ११ आश्विन २०७७, आईतवार १५:५८