करण ब्लोनको निर्देशनमा र्‍याप “आँखा तर्की तर्की” सार्बजनिक

नब गायक तथा र्‍यापर समीर तामाङ ( एक्स एक्स एक्सइएम) काे आवाजमा र करण ब्लाेनकाे निर्देशन मा ‘अाँखा तर्कि तर्कि ‘ गीत सार्बजनिक भएको छ ।उक्त गीत एक्स एक्स एक्सइएम अफिसियल युटुब च्यानल बाट बजारमा आएको हो। सोही गीत  “आँखा तर्की तर्की” मा सोयम गायक एक्स एक्स एक्सइएम आफै ले शब्द रचना गरेका हुन भने, डिजे एन काे संगित रहेको छ। उक्त गीतमा अहिलेका नव युवायुवतीहरू पुलपार्टिमा रमाइलो  गर्ने विषयलाई समेटिएको छ ।

गीत”आँखा तर्की तर्की” गायक तथा र्‍यापर एक्स एक्स एक्सइएम को तेस्रो एल्बम हो।यश भन्दा अगाडि आफ्नै शब्द रचना स्वर मा एल्बम हरु बजार मा ल्याइसकेका छन।उक्त गीत हरु ले धेरै दर्शक श्रोता हरु को मन जित्न सफल भएको थियो।गायक एक्स एक्स एक्सइएम ( समीर तामाङ) ले आफ्नो बालपन तेह्र बर्ष को कलिलो उमेर देखि नै गीत को शब्द रचनाहरु गर्दै आएका हुन।

चौध बर्ष को उमेर मा उनले पहिलो गीत रेकर्ड गरेका हुन।गायक समीर रामेछाप घर भइ उनको हालको बसाई स्वयम्भूमा रहेको छ।उनी गीत संगीत संगै आफ्नो पढाइ लाई पनि निरन्तरता दिदै अगाडि बढ्दै आएका हुन।अहिले उनी एस ई ई पास गरिसकेका छन।

गायक समीर भन्छन दर्शक श्रोत हरु बाट माया साथ सपोर्ट र हौसला पाए  आउदो दिनहरु मा अझै राम्रो गीत संगीत हरु लिएर आउने छु।गीत “आँखा तर्की तर्की ” गीतमा प्रकाशन देबराज करण ब्लोन को निर्देशन मा तयार पारिएको गीतलाई सम्पादन जेनश लामा ले गरेका हुन।

गीतको पूरा भिडियो हेर्नुहोस:

Loading...
प्रकाशित मिति १२ आश्विन २०७७, सोमबार ०९:३२