नेपालमा बालिका ब’लात्का’र गर्नेलाई मृ’त्युद’ण्ड दिने व्यवस्था गर्न समिति गठन

काठमाण्डाै / सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरुले संविधान संशोधन गरेर १६ वर्षमुनिका बालिकालाई ब’लात्का’र गर्नेलाई मृ’त्युद’ण्ड दिने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

विभिन्न राजनीतिक दलबाट नेतृत्व गर्ने महिला सांसदहरुको भेलामा सहभागीहरुले संविधान संशोधन गरेर का’नुन बनाउने र अन्तर्राष्ट्रिय सन्धिसमेत संशोधन गरी मृ’त्युदण्’डको स’जायको व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

नेपाली कांग्रेस प्रतिनिधि सभा सचेतक पुष्पा भुसालले १६ वर्षभन्दा मुनिकालाई ब’लात्का’र गरेर हत्’या गर्नेलाई मृ’त्युद’ण्डको स’जाय दिने व्यवस्था गरी अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले संविधान संशोधन गर्नुपर्छ । अन्तर्राष्ट्रिय सन्धि सम्झाैता परिमार्जन गर्न सकिन्छ । संसदमा भन्दा पनि भएन । मृ’त्युद’ण्डका लागि संविधान, कानुन संशोधनको र अन्तर्राष्ट्रिय सन्धिहरुको परिमार्जन गरेर त्यसमा पुनरावलोकन गर्ने आवश्यकता देखिएको छ । त्यसले द’बाब सिर्जना गर्छ र मनोवैज्ञानिक असर पार्नका लागि सन्देश जान्छ ।’

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रतिनिधिसभा सचेतक शान्ता चौधरीले विश्वका विभिन्न देशमा त्यस्ता घ’टनाहरुमा मृ’त्युद’ण्ड दिने गरेका समाचार अइरहेका बेला नेपालको सन्दर्भमा के गर्ने भन्ने विषयमा छलफल गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आ’परा’धिक मानसिकता बोकेकाहरुलाई झ’ट्का लाग्ने गरी मृ’त्युदण्’डको का’नुन हुन्छ वा लि’ङ्ग छेदन गर्ने हुन्छ, के गर्न सकिन्छ गरौँ ।

मृ’त्युद’ण्ड कत्तिको सह’ज छ ? यो विषयमा हामीभन्दा पनि का’नुनको विषयमा तपाईँ जानकार हुनुहुन्छ । उनीहरूले मान्छे मा’र्छन् भने उनीहरूका लागि राम्रो का’नुन बनाइराख्नु पर्दैन । संसद् भएको भए के–के गर्ने हो, त्यहीँ गरिन्थ्यो । तर नभएको बेलामा संसदीय समितिमा हामीहरू छलफल गरौँ ।’

जनता समाजवादी पार्टी (जसपा) सांसद प्रमिला यादवले यस्ता घ’टनाहरुको अ’न्त्य गर्न अन्तर्राष्ट्रिय सन्धिको अध्ययन गरेर क’डा का’रबाहीको व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले १६ वर्षमुनिकालाई ब’लात्’कार गरिएको घ’टनामा मृ’त्युद’ण्डको स’जाय दिने का’नुन बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘१६ वर्षमुनिकालाई ब’लात्का’र गरिएको छ भने मृ’त्युदण्’डको का’नुन बनाउनुपर्छ । आजीवन कारावासको व्यवस्था गर्नुपर्छ । हाम्रो पार्टीले यसमा सहयोग गर्छ ।’

महिला तथा सामाजिक समिति सभापति निरुदेवी पालले नाबालकलाई ब’लात्का’र गरेर ह’त्या गर्नेलाई फाँ’सीको स’जाय हुनुपर्ने विषयमा समितिले विगत एक वर्षबाट नै अनौपचारिक छलफल सुरु गरेको बताउनुभयो ।

Loading...
प्रकाशित मिति १३ आश्विन २०७७, मंगलवार ००:३१